एकै दिन चार दलको शक्ति पर्दशन
भिडियो;तस्बिरहरु,शरद रेग्मी
तुलसीपुर, फागुन १७ । चुनाबी सभा र औपचारिक रुपमा प्रचार प्रशार गर्न पाउने समय सीमा सकिन एक दिन मात्रै बाँकी छँदा दाङका प्रमुख सहर तुलसीपुर र घोराही आइतबार रंगिन देखिए । बिभिन्न गगन भेदी नाराहरुले यी सहरहरु गुन्जाएमान बने ।
तुलसीपुरको बसपार्कमा नेपाली काँग्रेसले बृहत चुनाबी सभा आयोजना गरि रहँदा संग–संगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी राश्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति पर्दशन गर्दै घर दैलो गर्दै भोट मागे ।


यी चार दलले एकै साथ सडकमा र्याली, जुलुस निकाल्दा तुलसीपुरको सवारी ब्यबस्थापन अस्तब्यस्त प्राय बनेको थियो । र्याली हिडीरहेको क्षेत्रमा सवारीलाई गनतब्यमा जान हम्मे हम्मे भइ रहेको देखिन्थ्यो ।
शुक्रबार पनि काँग्रेस र एमालेले बबई गाउँपालिकामा एकै साथ शक्ति पर्दशन गरेका थिए । काँग्रेसले हापुरेमा चुनाबी सभा गरि रहँदा एमालेले हंसपुरमा त्यस्तै गरि शक्ति पर्दशन गरेको थियो ।


आइतबार बिहान सुरुमा काँग्रेस नेता कार्यकर्ताले उत्साहका साथ र्यालीसहित घर दैलो गर्दै बजार परिकर्मा गरेका थिए ।
त्यसपछि एमाले र राश्वपाले पनि त्यसैगरि शक्ति पर्दशन गर्दै उत्साहका साथ र्यालीसहित घर दैलो गर्दै आफ्नो पक्षमा मत मागे । यो दृष्य नियाल्दा लाग्थ्यो– तुलसीपुर बजार ठूलै उत्सव मनाइ रहेको छ ।

बिभिन्न थरि झण्डा र ब्यानर थरिथरी जुलसले फागुन २१ गतेको निर्वाचनका लागि मतदाता आतुर भइ बसेका छन् भन्ने आभास दिलाउँथ्यो । नेकपाले तुलसीपुर बजारमा यसअघि नै घर दैलो सकि सकेको थियो ।
दाङ क्षेत्र नं। ३ अन्तरगत पर्ने तुलसीपुर पश्चिममा काँग्रेसबाट दीपक गिरी, एमाले बाट घनश्याम पाण्डे, राश्वपा बाट कमल सुबेदी, नेपाली कम्युनिष्ट पार्टी बाट धनबहादुर मास्की र राप्रपा बाट दामोदर भण्डारी उम्मेदवार छन् । मुख्य प्रतिपर्धा उनीहरुकै बीचमा हुने आँकलन गरिएको छ ।













