नाती र छोरीलाई सम्झिँदै जेलको अध्याँरो कोठाबाट प्रसाईंको बिलौना

Spread the love

राजावादी अभियन्ताका रुपमा प्रचारित विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले डिल्लीबजार कारगारबाट भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले नातीलाई सम्झँदै कारागारको अध्याँरो कोठाबाट फेसबुकमा मर्मस्पर्सी स्टाटस लेखेका हुन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसामा ‘आओ आओ’ भन्दै भीड उक्साएर प्रहरीमाथि नै गाडी हुइँक्याउन खोज्ने प्रसाईलाई जेठ ३० गते काठमाडौँ जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । सोही दिन डिल्लीबजार कारागार चलान भएका उनी त्यहिँबाट मुद्दा पुर्पक्ष गरिरहेका छन् ।

यसैबीच प्रसाईले स्वकीय सचिवमार्फत् एउटा अपील पत्र जारी गर्दै नातीलाई सम्झिएका हुन् । जेलको अनुभव शेयर गर्दै उनले घरपरिवारको प्रसंग झिकेर भावुक भनाइ राखेका छन् ।

‘हरेक नेपालीले आफ्नो सन्तानको साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा-हजुरआमाको काखमा नातीनातिना हुन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातीले बहुत याद गर्छ रे ’, प्रसाईं भन्छन्, बाहिर जानुभएको छ, चाँडै आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे, एक मनले सोच्छ-कारागारमै भए पनि बोलाएर एकछिन नाती खेलाउँ, अनि फेरि सोच्छु-के सम्हालिएला र मनमा भक्कानो छुट्यो, नातीका अगाडि के भन्ला उसले

प्रसाईंले छोरी डाक्टरी पढेर नेपाल फर्कंदा एयरपोर्टमा स्वागत गर्न जान नपाएकोमा पनि दुस्खेसो पोखेका छन् ।

‘विद्यार्थी बनाएर पठाएको छोरी यहि महिना डाक्टर बनेर फर्किंदै छ, एयरपोर्टमा पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सिमित भयो । मेरो हाल यस्तै छ, तपाईं सबैको सदा सुन्दर होस् भनी पशुपतिनाथसँग कामना गरिरहेको छु’, उनले थपेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा राजावादी आन्दोलनको ‘जनकमाण्डर’ बनेका प्रसाईंले कारागारबाट भगवानलाई पनि सम्झिएका छन् ।

‘आज मैले आफ्नै जीवनलाई नियालिरहेको छु, एक समान्य परिवारमा आमाले मकै खन्दै गर्दा जन्मिएको म कुन उद्धेश्यको लागि जन्मिएँ होला रु शास्त्रले पनि भन्छ कि मानिसको जन्म कुनै न कुनै उद्धेश्य पूरा गराउन भगवानमार्फत् हुन्छ’, उनले भनेका छन्, ‘न मैले पढ्न सकेँ, न आमाको रहरअनुसार जागिरे हुन सके, बरु डाक्टर पढाउँने कलेज बनाएँ, हजारौँ मानिसलाई जागिर दिएँ, के यो सब भगवानको चाहना बेगर सम्भव थियो होला र

प्रसाईले ‘एकदिन आकाशको बादल हटेर उज्यालो आउनेछ’ भन्दै शुभचिन्तकहरुलाई नआत्तिन पनि सन्देश दिएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *