काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमीका दिन विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने वैदिक सनातन धर्मावलम्बीहरूलाई लक्षित गरी स्थानीय समयअनुसार टीका साइत तोकिएको हो।
समितिकाका अनुसार विदेशमा रहेका नेपाली तथा हिन्दू धर्मावलम्बीहरूले टीकाको साइतबारे जिज्ञासा राखेकाले प्रत्येक देशको समयअनुसार सूचनालाई सार्वजनिक गरिएको हो।
नेपाल र भारतको साइत
नेपालका लागि असोज १६ गते बिहान ११स्५३ बजे टीका लगाउने शुभ साइत तोकिएको छ। दिल्ली, भारतका लागि भने सोही दिन बिहान ११स्४९ बजे साइत शुभ हुने समितिले जनाएको छ।
अमेरिका र क्यानडाका समय
अमेरिकाको विभिन्न शहरका लागि फरक–फरक साइत तोकिएको छ।
क्यानडाको टोरन्टोमा अक्टोबर १ का दिन बिहान ११स्५५ र भ्यानकुभरमा ११स्३३ बजे साइत तोकिएको समितिले जानकारी दिएको छ।
जापान, अष्ट्रेलिया र न्युजिल्यान्ड
टोकियो, जापानमा अक्टोबर २ का दिन बिहान ११स्३१ बजे साइत तोकिएको छ। अष्ट्रेलियाका विभिन्न शहरमा पनि फरक–फरक साइत तोकिएको छ
न्युजिल्यान्डको वेलिङ्गटनका लागि अक्टोबर २ का दिन बिहान ११स्२३ बजे साइत शुभ रहेको समितिले जनाएको छ।
युरोपका मुलुकहरू
समितिका अनुसार युरोपका विभिन्न मुलुकका लागि पनि साइत निर्धारण गरिएको छस्
खाडी मुलुक र एसियाली मुलुकहरू
खाडी मुलुक र एशियाका केही देशमा पनि शुभ साइत सार्वजनिक गरिएको छ।
समितिले विजयादशमीको टीका साइतलाई धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा रहेको बताएको छ।








