काठमाडौँ। नेपाल र भारतबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न थिंक ट्यांक स्तरमा एक महत्वपूर्ण सम्झौता भएको छ ।
नेपालको इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग ९आईआरजीडीडी० र भारतको इन्टरनेशनल काउन्सिल अफ वल्र्ड अफियर्स ९आईसीडब्लुए० बीच बिहीबार दिल्लीमा कूटनीति, संस्कृति, शिक्षा, व्यापार, मिडिया र अन्य क्षेत्रमा दीर्घकालीन सहयोगलाई बढाउन एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
आईसीडब्लुएद्वारा आयोजित कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा। शर्मिला पराजुली ढकाल र आईसीडब्लुएकी कार्यवाहक महानिर्देशक तथा अतिरिक्त सचिव राजदूत नूतन कपूर महावारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार दुई संस्था बीच पारस्परिक समझदारीलाई गहिरो बनाउन र सहयोगी संस्थागत सम्बन्धलाई प्रवर्द्धन गर्न साझा दृष्टिकोणको अवधारणा प्रस्तुत गर्नेछ ।








