नेपालमै ईभी कारखाना खोल्नुपर्छ; सचिव शर्मा

Spread the love

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अब विद्युतीय गाडीहरू नेपालमै बनाउनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पछिल्लो समय नेपालमा विद्युतीय गाडी ईभीको प्रयोग बढेर गएको बताउँदै नेपालमै कारखाना खोल्दा गाडीको मूल्य कम पर्ने र व्यवस्थापनमा समेत सघाउ पुग्ने उनले बताएका हुन् ।

‘विद्युतीय यातायात नेपालको परिप्रेक्ष्यमा महत्त्वपूर्ण छ । इन्धन आयातमा ठूलो रकम बाहिरिरहेको अवस्थामा यसलाई विस्तार गरियो भने बिजुलीको सदुपयोगसँगै अबौँ रकम बाहिर जानबाट जोगिन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *