दाङ, असार २३ । नेपाल प्रेस युनियनले तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार मनोनित गरेको छ।
मनोनीत हुने पत्रकारहरूमा दाङका विपुल पोखरेल, काठमाडौंकी रिता गुरुङ र तनहुँका तेजप्रकाश पण्डित छन् । सल्लाहकार मनोनित हुने मध्य पोखरेल नेपाल पत्रकार महासंघका यसअघिका केन्द्रीय अध्यक्ष हुन ।
युनियनले आफ्नो विधान २०४८ छैटौँ संशोधन २०७९० को परिच्छेद ४, धारा २३ बमोजिम तीन जना सल्लाहकार मनोनित गरेको केन्द्रीय अध्यक्ष शिव लम्सालले जानकारी दिएका छन् ।
अध्यक्ष लम्सालले मनोनित सल्लाहकारहरुको लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास ब्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनले लोकतन्त्रबादी पत्रकारहरुको साझा संस्था हो ।








