न्यौपानेसहित नौजना सम्मानित

Spread the love

घोराही । दाङ जिल्ला विपत् व्यवस्थापन समिति दाङले सर्प उद्धारकर्ता कुलदीप न्यौपानेसहित नौजनालाई सम्मान गरेको छ ।

चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्म भएका विभिन्न विपत्का घटनाको व्यवस्थापनमा उत्कृष्ट काम गरेका सुरक्षाकर्मी, उद्धारकर्मी र कर्मचारीलाई सम्मान गरिएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सर्प उद्धार तथा व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै न्यौपानेलाई तथा उद्धार कार्यमा योगदान पु¥याउने सेनानी गेहेन्द्र बस्नेत र दीपककुमार बुढाथोकी, प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाह, सशस्त्र प्रहरी नायव उपरीक्षक भेषराज गिरी, प्रहरी निरीक्षक रामकुमार केसी, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा कार्यरत कर्मचारी खरिदार राज परियार, प्रहरी हवलदार प्रेमराज केसी र सशस्त्र प्रहरी सहायक हवलदार प्रेमबहादुर कुमाललाई नगद सहित सम्मान गरिएको थियो ।

प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले विपत् कुन बेला कसरी आउँछ अनुमान गर्न नसकिने भएकाले त्यसको जोखिम न्यूनीकरणका लागि सबैले ध्यानदिनुपर्ने बताउनुभयो । दाङ विभिन्न किसिमका विपतको जोखिममा रहेकाले ती जोखिमबाट नागरिकलाई बचाउन सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले नियमितरुपमा सर्पको उद्धारमा खटिने थोरै व्यक्तिमध्ये दाङमा महत्वपूर्ण काम गरिरहेकाले कुलदीप न्यौपाने सम्मानको पात्र भएको बताउनुभयो । यस्तै केही समय पहिले खैराको प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणमा रातदिन खटिने तीनवटै सुरक्षा निकायको भूमिका निकै प्रशंसनीय भएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । काम गर्नेलाई प्रोत्साहन गर्ने थिति बसाल्न पनि सम्मान र कदर गर्ने प्रणालीको विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *