पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा २ जना बेपत्ता

Spread the love

४ साउन, काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् ।

वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *