काठमाडौं । पृथक र फरक धारमा यात्रा प्रारम्भ गरेको एभिन्युज खबर १९ औं वर्षमा प्रवेश गरेको छ ।
खबरको दुनियामा फरक धार र शैलीको एभिन्युज २०६४ साल असार ३२ गते साँझ ६ बजे नेपाली टेलिभिजन को आकाशमा तरंगित भएको थियो । १८ वर्ष अगाडि प्रशारण शुुरू गरेको एभिन्युज खबरले राष्ट्र राष्ट्रियता र जनता केन्द्रमा राखेर खबर प्रशारण गर्देै आएको छ ।
अनेकौं आरोह र अवरोहहरू झेल्दै जनता र राष्ट्रप्रति समर्पित एभिन्युज खबरले पल पलका खबर अध्यावधिक गराउँदै आएको छ । अनेकौं चुनौती र अफ्ट्याराका बीचपनि एभिन्युज खबर नेपाल को सर्वाधिक हेरिने टेलिभिजन बन्न सफल भएको छ ।
एभिन्युज खबरको फरक धार, पृथक शैली र भिन्न प्रस्तुतिका साथ राष्ट्रको सर्बोत्कृष्ट टेलिभिजनको पहिचान बनिसकेको छ । स्थापना को छोटो समयमै सर्बोत्कृष्ट खबर को पहिचान बनाउन सफल एभिन्युज खबर आजपनि दर्शकहरू को सर्वप्रिय खबर टेलिभिजनका रूपमा निरन्तर छाप छाडेर स्थापित छ ।
मलुक र मुलुकवासीलाई सत्य तथ्य र निस्पक्ष खबर दिने वेदागी सञ्चारमाध्यम बन्ने हाम्रो सार्थक प्रयास भने अझै जारी नै रहेको छ । एभिन्युज खबर विश्वका एक सय भन्दा बढी देशमा हेर्न सकिन्छ । त्यस्तै, अनलाइन संस्करण र फेसवुक,ट्विटर, ईन्स्ट्राग्राम, टिकटक,लगायतका सामाजिक सञ्जालमा एभिन्युजका प्रशारण सामाग्री हेर्ने सुविधा छ । सत्य र तथ्यमुलक खबर सामाग्रीका लागि एभिन्युज खबर सधै प्रतिवद्ध रहेको छ ।
१९ औं बार्षिकोत्सवका अवसरमा हामी सधै सहयोग र सदभाव दिनुहुने समआदरणीय दर्शक, विज्ञापनदाता, शुभचिन्तक लगायत सबैप्रति नतमस्तक रहिरहने छौँ । आगामी दिनहरूमा पनि सम्वाद सेतु बन्ने अभियानमा ईमान्दारितापुर्वक दृढ संकल्पित रहिरहने प्रतिबद्धता जाहेर गर्दछौं ।








