भयरहित वातावरणमा निर्वाचन हुन्छ; महानिरीक्षक कार्की

Spread the love


१७ फागुनर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिएर भयरहित र शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज उनले निर्वाचनअघि, निर्वाचनका दिन र निर्वाचनपछिको अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कताबारे स्पष्ट मार्गदर्शन दिएका हुन् ।

उनले राष्ट्रप्रतिको दायित्व स्मरण गर्दै इमान्दारी, निष्पक्षता र व्यावसायिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। साथै, सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गरी रणनीतिक रूपमा परिचालन हुन तथा भरपर्दो सुरक्षा योजना कार्यान्वयन गर्न जोड दिए ।

अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन पनि उनले निर्देशन दिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *