रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाउने रेशम चौधरी पक्षधरको निर्णय

Spread the love

काठमाण्डौ, १५ श्रावन । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । नाउपाको हिजो भएको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । त्यसअघि अस्ति मङगलवार निर्वाचन एवम् अनुशासन आयोगले श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

हिजोको राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठले बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाउँदै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो । पोखराको बाटुलेचौरको लिची बगानको जग्गा हिनामिना प्रकरणमा जोडिएकी अध्यक्ष चौधरीले शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि पार्टीको आन्तरिक विवाद झनै चुलिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *