काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइ जारी रहेको छ । गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएर हेर्दाहेर्दैमा राखिएको सो रिटले आज निरन्तरता पाएको हो । न्यायाधीश सुवेदी हिजो बुधबार संवैधानिक इजलासमा बस्नुपर्ने भएपछि लामिछानेको बन्दीप्रत्यक्षीकरणको सुनुवाइ स्थगित गरिएको थियो ।

उक्त बन्दीप्रत्यक्षीकरणसहित सोसँग सम्बन्धित अन्य मुद्दा पनि लगाउमा राखेर हेरिएको छ । रास्वपा सभापति लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशले अहिले जिल्ला कारागार कार्यालय रुपन्देहीमा थुनामा छन् । गैरकानुनी थुनामा राखिएको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन्