काठमाडौं ल्याईनुअघि रवि लामिछानेले भने अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ
काठमाडौं, ३१ साउन । सहकारी ठगी र संगठित अपराध मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई नख्खु कारागार ल्याइएको छ । आज शनिबार बुद्ध एयरको जहाजमार्फत उनलाई भैरहवाबाट नख्खु कारागार ल्याइएको हो । सहकारी ठगी र संगठित अपराध मुद्दामा लामिछाने रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा छुटेका थिए । एक करोड धरौटीमा लामिछानेलाई छाड्ने जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरिदिएपछि उनी पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देही, भैरहवामा थुनामा थिए ।
लामिछानेले कारागार सरुवाका लागि जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतको आदेशपछि पनि उनको कारागार सरुवामा ढिलासुस्ती भएको भन्दै चर्को आलोचना भएको थियो । कारागार व्यवस्था विभागले हिजो लामिछानेको सरुवा स्वीकृत गरेको थियो ।
लामिछानेलाई स्वागत गर्न समर्थकहरु विमानस्थल र नख्खु कारागारमा उपस्थित भएका थिए । उनीहरुले लामिछानेको पक्षमा चर्को नाराबाजी गरेका थिए । उनीहरुले ‘रवि दाइ, हाई हाई, नडराउ रवि दाई, जनता तिम्रो साथमा छ’ लगायतका नाराबाजी गरेका थिए ।
काठमाडौं ल्याईनुअघि रवि लामिछानेले भने अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ
सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षको लागि रुपन्देही कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईनुअघि उनले केही सन्देश प्रवाह गरेका छन् । पार्टीका प्रवक्ता मनिष झाले लामिछानेसँग गरेको छोटो सम्वादलाई सार्वजनिक गरेका छन् ।
जसमा लामिछानेले अब कृष्ण नजन्मिने तर जन्मिएकाहरुले नै कृष्ण बन्नुपर्नेछ भनेर सन्देश प्रवाह गरेका छन् । भैरहवाबाट काठमाडौं बुद्ध एयरमार्फत लामिछानेलाई काठमाडौं ल्याईएको हो । काठमाडौं जान लागेकोबारे मनिषले सोधेको ‘काठमाडौं जानुहुदै छ, के सोच्दै हुनुहुन्छरु’ प्रश्नमा लामिछानेले भने,“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबैसंग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।’’

यस्तो छ लामिछानेसँग प्रवक्ता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले गरेको सम्वादको अंश
आज कृष्ण जन्माष्ठमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि विहान सबेरै भैरहवा पुगेर जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौं उपत्यका स्थित नख्खु कारागार स्थान्तरण गरिदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए। हतारिएर, अनिश्चितताको सास फेर्दै प्रहरी प्रशासनलाई आग्रह गरे एक छिन भेट्न पाइन्छ कि भनेर भैरवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्निम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले( आज भेट्न मिल्दैन भनेर फर्काइदियो।
विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात म र पार्टी उपसभापति डा।स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनुभयो।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थान्तरणले कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।
मैले सोधे कति दिन भैयहवा बस्नु भयोरु उहाँले भन्नु भयो १२६ दिन।
काठमाडौं जानु हुदैछ, के सोच्दै हुनुहुन्छ ?
उहाँले भन्नुभयो,“पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै संग माया छ, सदभाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।“ “भैरहवाको हावापानी, यहाको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासनलगायत सबैप्रति आभारी छु।“
“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भुमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देउ। केही फरक पर्दैन। म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।“
“४६३ दिन पहिले एकजनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो। तर पनि म भयभित छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।“ सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध ग¥यो। अब काठमाडौँमा भेटौला है भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको युए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौं।








