राप्ती आँखा अस्पतालको पत्रकार भेटघाट कार्यक्रम

Spread the love

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको आयोजनामा दाङको घोराहीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा र छन्द नारायणी आँखा अस्पताल कपिलवस्तुबाट प्रवाह भइरहेका सेवाका बारेमा जानकारी दिइएको थियो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ट प्रशासकीय अधिकृत जसराज विश्वकर्माले स्थापना भएदेखि हालसम्म ४२ लाख ६७ हजार ४ सय ७ जनाले ओपिडी सेवा लिएको र २ लाख ५८ हजार १४ जनाको अप्रेशन मार्फत नयाँ दृष्टि प्राप्त गरेको बताउनुभयो ।

सो अवसरमा प्रशासक सम्शेर थापाले पछिल्लो समय डिजिटल प्रविधि र एयर प्रदुषणका कारण आँखामा दृष्टि दोष र सुक्खापनको समस्या बढ्दै गएकाले यस तर्फ सजगत हुन आम नागरिकलाई आग्रह गर्नुभयो । नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण आँखा अस्पतालका सूचना अधिकारी बालाराम खडकाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *