प्रमुख अतिथि डाँगीले राप्ती बाल एकाडेमीले तुलसीपुरमा छुटै पहिचान स्थापित गरेको भन्दै नयाँ संस्कार र व्यवहारिक शिक्षा विद्यालयले दिने गरेको बताए
तुलसीपुर, २८ साउन । राप्ती बालएकाडेमी तुलसीपुर–६ गाईडहरले दुई दिने बैदिक योग तथा उत्प्रेणात्मक मोटिभेशन कार्यक्रम सुरु गरेको छ ।
नेपाली संस्कारमा आधुनिक शिक्षा दक्ष जनशक्ति उत्पादनमा हाम्रो दृढ इच्छा भन्ने मुल नाराका साथ २०६५ सालमा स्थापना भएको विद्यालयले आफ्ना विद्यार्थीलाई बैदिक योग तथा उत्प्रेणात्मकमार्फत उनीहरुलाई शिक्षासंगै अन्य ज्ञान संस्कारका कुराहरु सिकाउन कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ । भादगाउँले टोपीदेखि अन्य नेपाली संस्कार सिकाउदै आएको विद्यालयले कक्षा ६ देखि १० सम्मका छात्र छात्राहरुलाई बैदिक योग तथा मोटिभेसन दिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
राप्ती बालएकाडेमी तुलसीपुर–६ गाईडहरका प्रधानाध्याक ठाकुरप्रसाद डाँगीको अध्यक्षता तथा नेशनल प्याव्सन दाङका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुवोधकुमार डाँगीको प्रमुख आतिथ्यता एव राप्ती बाल एकेडेमी विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजेन्द्रकुमार पाण्डेको विशिष्ट आतिथ्यमा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डाँगीले आधुनिक युगसँगै अबको शिक्षा व्यवहारिक र समय सापेक्ष हुनुपर्ने भन्दै पढेर बढी अंक लियरमात्र नहुने भन्दै बालबालिकाहरुले जीवन जीउने कलाका साथै अनुशासित र व्यवहारिक हुनुपर्ने बताए । उनले राप्ती बाल एकाडेमीले तुलसीपुरमा छुटै पहिचान स्थापित गरेको भन्दै नयाँ संस्कार र व्यवहारिक शिक्षा विद्यालयले दिने गरेको बताए ।
त्यस्तै विशिष्ट अतिथि पाण्डेले यस्ता क्रियाकलापले बालबालिकामा सकारात्मक सोचको विकासका साथै संस्कार र हाम्रो सभ्यतालाई बचाउन सहयोग पुग्ने बताए । कार्यक्रममा मोटिभेसनल शिक्षक रविन्द्र बस्नेतले भोटिभेसनल शिक्षाका साथै विभिन्न संस्कार र हाम्रो सभ्यताको विषयमा प्रशिक्षण दिएका थिए । विद्यालयका प्रधानाध्यापक डाँगीले विद्यार्थीलाई कितावी ज्ञानसंगसंगै हाम्रो संस्कार सभ्यताको ज्ञानसंगै विद्यार्थीलाई मोटिभेसन गर्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए ।

‘हामीहरुले परीक्षामा धेरै अंक ल्याउनु ठुलो कुरा नभई राष्ट्रि राष्ट्रियता र हाम्रो संस्कार र अनुसान र स्वास्थ्यको बारेमा सिकाउन पनि यो कार्यक्रम आयोजना गरेका हौं’, डाँगीले भने । कार्यक्रमले विद्यार्थीमा सकारात्मक उत्प्रेणा बढनुका साथै पढाईमा समेत सहयोग पुग्ने बताए । पहिलो दिन बैदिक योग प्रशक्षिक रविन्द्र वस्नेतलगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
कक्षा १० कि छात्रा अधुना खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कृष्णप्रसाद गौतम गरेका थिए । तालिममा कक्षा ६,७,८,९ १० करिव दई सयविद्यार्थीहरुको सहभागीता रहेको छ । प्रशिक्षण दुई दिन सञ्चालन हुने छ ।








