राप्ती शान्ति उद्यानमा‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रम

Spread the love

तुलसीपुरमा सिनेमा पर्यटन विशेष संवाद कार्यक्रम हुने भएको छ । तुलसीपुर –७ स्थित राप्ती शान्ति उद्यानमा शनिबार ‘सिनेमा पर्यटन विशेष संवाद’ कार्यक्रम हुने भएको हो । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखा, तुलसीपुर उपमहानगरपालिका वडा नंं। ७ को कार्यालय र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा हुन थालेको कार्यक्रममा चलचित्र, पर्यटन र संस्कृतिको अन्तरसम्बन्धबारे विशेष बहस र छलफल हुने आयोजकले जनाएका छन् ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीका अनुसार चलचित्र क्षेत्रको समग्र विकास र उत्थान गर्नुका साथै त्यसलाई स्थानीय संस्कृति र पर्यटन प्रवर्द्धनसँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको छ । दाङमा रहेका धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वका क्षेत्रहरूलाई चलचित्रमार्फत प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको तुलसीपुर –७ का वडाध्यक्ष रामबहादुर जिसीले बताउनुभयो ।

चलचित्र र पर्यटनबीचको सहकार्यले तुलसीपुर –७ सहित दाङ जिल्लाको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *