राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

Spread the love

काठमाडौं, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री ओली आज अपरान्ह शितलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओली भोलि ९आइतबार० तुर्कमेनिस्तान भ्रमणमा जाँदैछन् । भ्रमणमा निस्किनुअघि प्रधानमन्त्री ओलीले आज राष्ट्रपतिसँग यही विषयमा कुराकानी गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

यही साउन २० देखि २३ गतेसम्म ९५ देखि ८ अगस्ट २०२५० आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *