विदेश मोह बढ्दै,नागरिकताभन्दा धेरै बन्छन राहदानी

Spread the love


सन्तोष खनाल,आइतबार, श्रावण १८

घोराही । दाङमा नेपाली नागरिकताको प्रमाणपत्र भन्दा झण्डै तीन हजारबढीले विदेश जान राहदानी बनाएका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ को सरकारी रेकर्डअनुसार नागरिकताको प्रमाणपत्रभन्दा दुई हजार नौ सय तीनबढी राहदानी वितरण भएको छ । जिल्लाका दुई इलाका र जिल्ला प्रशासन कार्यालय दाङको तथ्यांकले विदेश मोह बढ्दै गएको देखाएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ मा दाङ जिल्लाबाट नयाँ नेपाली नागरिकता १७ हजार पाँच सय ९१ ले लैजाँदा राहदानी बनाउने २० हजार चार सय ९५ पुगेका छन् । जिल्ला प्रशासन कार्यालयसहित लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयको रिपोर्टअनुसार तीनवटै कार्यालयबाट नागरिकताभन्दा धेरै राहदानी वितरण भएको हो । जिल्ला प्रशासन कार्यालय घोराहीबाट पाँच हजार नौ सय ७७ नागरिकता बन्दा सात हजार एक सय ४१ राहदानी बने । इलाका प्रशासन कार्यालय तुलसीपुरबाट छ हजार दुई सय २९ नागरिकता बन्दा आठ हजार दुई सय २३ राहदानी बने भने इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार आठ सय ८५ नागरिकता बन्दा चार हजार नौ सय ३१ राहदानी वितरण भयो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विजय गौतमले सबैभन्दा बढी कार्तिक, मंसिर, वैशाखमा नयाँ नागरिकता वितरण भएको जानकारी दिनुभयो । उहाँका अनुसार पुस, माघ र फागुनमा धेरै राहदानी वितरण भएको छ ।

नागरिकतामा महिला, राहदानी बनाउने पुरुष धेरै

जिल्लाका प्रशासन कार्यालयहरुको रेकर्डले नागरिकता बनाउनेमा महिला धेरै देखिएका छन् भने राहदानी पुरुषको धेरै बनेको छ । नौ हजार दुई महिलाले नागरिकता बनाउँदा आठ हजार पाँच सय ८९ पुरुषले नागरिकता बनाएका छन् । राहदानीतर्फ सात हजार सात सय ५३ महिलाले बनाउँदा १२ हजार छ सय ४२ पुरुषले राहदानी बनाएका छन् । जिल्लाका सबै प्रशासन कार्यालयको रिपोर्ट उस्तै–उस्तै छ । जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ५५ महिलाले नागरिकता बनाउँदै दुई हजार नौ सय २२ पुरुषले नागरिकता बनाएका छन् । इलाका प्रशासन कार्यालय तुलसीपुरबाट तीन हजार चार सय ५८ महिलाले नागरिकता बनाउँदै तीन हजार दुई सय ७१ पुरुषको नागरिकता बनेको छ भने इलाका प्रशासन कार्यालय लमहीबाट एक वर्षको अवधिमा दुई हजार चार सय ८९ महिला र दुई हजार तीन सय ९६ पुरुषको नागरिकता बनेको छ ।

राहदानी भने सबै कार्यालयबाट पुरुषलाई धेरै वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट दुई हजार छ सय ४६ महिलाले राहदानी बनाउँदा चार हजार चार सय ९५ पुरुषको राहदानी बनेको छ । इलाका प्रशासन कार्यालय लमहीबाट तीन हजार दुई सय ३५ महिलाको राहदानी बन्दा पाँच हजार एक सय ८८ पुरुष र इलाका प्रशासन कार्यालय लमहीबाट एक हजार आठ सय ७२ महिलाको राहदानी बन्दा दुई हजार नौ सय ५९ पुरुषले राहदानी बनाएका छन् ।

यस्तो छ महिनागत प्रगति

प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनमा एक हजार पाँच सय ३१ नयाँ नागरिकता वितरण हुँदा एक हजार तीन सय ४६ राहदानी वितरण भएको छ । भदौमा नौ सय ९९ नयाँ नागरिकता वितरण हुँदा एक हजार चार सय ५२ राहदानी, असोजमा नौ सय नयाँ नागरिकता वितरण हुँदा एक हजार ४७ राहदानी, कार्तिकमा एक हजार नौ सय २७ नयाँ नागरिकता वितरण हुँदा एक हजार सात सय ८० राहदानी, मंसिरमा एक हजार छ सय ९८ नयाँ नागरिकता वितरण हुँदा चार सय ५० राहदानी, पुसमा एक हजार एक सय २५ नयाँ नागरिकता वितरण हुँदा एक हजार छ सय ६७ राहदानी, माघमा एक हजार पाँच सय ४८ नयाँ नागरिकता वितरण हुँदा एक हजार चार सय ४५ राहदानी, फागुनमा एक हजार ९० नयाँ नागरिकता वितरण हुँदा एक हजार नौ सय ८९ राहदानी, चैतमा एक हजार एक सय ७२ नयाँ नागरिकता वितरण हुँदा एक हजार तीन सय ९६ राहदानी, वैशाखमा एक हजार पाँच सय ३२ नागरिकता वितरण हुँदा एक हजार तीन सय ९५ राहदानी, जेठमा दुई हजार दुई सय ९७ नागरिकता वितरण हुँदा एक हजार छ सय राहदानी र असारमा एक हजार सात सय २८ नागरिकता वितरण हुँदा एक हजार आठ सय ६३ राहदानी वितरण भएको छ ।

कति बने राष्ट्रिय परिचयपत्र रु

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ६१ हजार छ सय ९९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । साउनमा नौ हजार सात सय ८६ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । भदौमा चार हजार दुई सय ५४ राष्ट्रिय परिचयपत्र वितरण गरिदा असोजमा एक हजार आठ सय २२, कार्तिकमा तीन हजार दुई सय ८६, मंसिरमा दुई हजार सात सय ६९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । त्यसैगरी पुसमा दुई हजार चार सय ९४ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । माघमा पाँच हजार तीन सय २१, फागुनमा पाँच हजार, चैतमा पाँच हजार पाँच सय २१, वैशाखमा छ हजार एक सय १७, जेठमा सात हजार आठ सय ६५ र असारमा सात हजार ४५ राष्ट्रिय परिचयपत्र जिल्लाका लमही र तुलसीपुरका इलाका प्रशासन कायालय र घोराहीको जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको कार्यालयहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *