विश्वासको मत लिनुपर्ने बाध्यतामा प्रधानमन्त्री

Spread the love


असार २३, २०८२,नागरिक उन्मुक्तिले सरकारलाई समर्थन फिर्ता लिएको पत्र सभामुखलाई बुझायो, आज राजीनामा दिँदै पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी
देउवालाई सशंकित बनाउने ुसंयोगु( अख्तियारको सक्रियता, पूर्वप्रधानमन्त्री नेपालविरुद्ध मुद्दा भिजिट भिसा प्रकरणमा अनुसन्धान कम, प्रचार बढी, ५२ संवैधानिक पदाधिकारी नियुक्ति सदर
काठमाडौँ — अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो ।

नागरिक उन्मुक्तिले सरकारलाई समर्थन फिर्ता लिएको पत्र आइतबार सभामुख देवराज घिमिरेलाई बुझाएको छ । नागरिक उन्मुक्तिबाट पर्यटन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिन भने बाँकी छ । प्रधानमन्त्री ओली हुम्लाबाट आइतबार अबेर मात्रै काठमाडौं फर्केका कारण चौधरीले सोमबार राजीनामा बुझाउने तयारी छ । सरकारबाट अलग हुँदै मन्त्रीबाट राजीनामा दिएपछि संविधानतः स्वीकृत भएको मानिन्छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *