संकटालाई हराउँदै आर्मी कप फुटबलको फाइलनमा प्रवेश

Spread the love

काठमाडौं संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा संकटालाई २–१ गोलले पराजित गर्दै आर्मीले फाइनलमा स्थान सुरक्षित गरेको हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एकएक गोल गरे। नवयुगले खेलको ७औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए। खेलको ६५औं मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए। संकटाका विसन गुरुङले इन्जुरी समयमा एक गोल फर्काए।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि आयोजक केपी एफसी र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका थिए। फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

फाइनल खेलमा अवलोकन गर्न इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन नेपाल आउने राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *