सम्पत्ति शुद्धीकरण छानबिन राजनीतिक प्रतिशोध साध्ने हतियार बन्नु हुँदैन स् जगन्नाथ खतिवडा

Spread the love

काठमाडौं, चैत २७ । नेपाली कम्युनिस्ट पार्टी नेकपा का नेता जगन्नाथ खतिवडाले वर्तमान सरकार प्रतिशोधपूर्ण तरिकारले आघि बढोको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुरा गर्दै नेता खतिवडाले केपी ओली र रमेश लेखकविरुद्ध जारी गरिएको पक्राउ पुर्जी पूर्वाग्रही रहेको र त्यो जेनजी विद्रोह दबाउने उद्देश्यले प्रेरित भएको आरोप लगाए । सरकारका केही काम सकारात्मक देखिए पनि कतिपय कदम र कामहरुको मूल्यांकन गर्न सय दिन पर्खिनुपर्ने उनको भनाई छ ।

उनले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति शुद्धीकरण छानबिन गर्ने विषय राम्रो भए पनि यो राजनीतिक प्रतिशोध साध्ने हतियार बन्न नहुनेमा बताए। भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने तर छानबिनका नाममा निश्चित व्यक्ति वा राजनीतिक दलका नेतालाई मात्र निसाना बनाएर प्रोपोगान्डा गर्न नहुने उनको तर्क छ।

त्यसैगरी, सरकारले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्न खोजेको विषयमा खतिवडाले कडा विरोध जनाएका छन् । यस्ता संगठनहरू खारेज गर्दा तल्लो वर्ग र श्रमजीवीहरूको आवाज दबिने भन्दै उनले संगठनमाथि प्रतिबन्ध लगाउनुको साटो तिनलाई नियमन र व्यवस्थित गर्नुपर्ने बताए । लोकतान्त्रिक व्यवस्थामा कसैको पनि आवाज दबाउने प्रयास सही नहुने र त्यसको परिणाम भविष्यमा ठिक नआउने उनको भनाई छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *