काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले कानुनी शासनमा विश्वास गर्नुपर्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार मुद्दामा कोही दोषी छ भने काँग्रेस भएकै कारणले उन्मुक्ति पाउन नहुने बताए ।
उनले भने, ‘हामी कानुनी शासनमा विश्वास गर्छौँ, निर्दोष कोही पनि पर्न हुँदैन । दोषी छ भने पनि कोही छुट्नुहुँदैन, कोही काँग्रेस छ भन्दैमा दोषी छ भने पनि उन्मुक्ति पाउनुहुँदैन, काँग्रेस भएकै कारणले पनि पर्न हुँदैन । हामी कानुनी शासनमा विश्वास गर्छौँ ।’
महामन्त्री थापाले सरकारलाई प्रभावकारी बनाउन लागिरहेको भन्दै नसके मान्छे फेरेरै भए पनि प्रभावकारी बनाएर जाने बताए ।उनले अहिले सहमतिअनुसार सरकार अगाडि बढाउने प्रयास गरिरहेको बताए ।








