सरुवा पीडित शिक्षकहरूद्वारा आन्दोलन घोषणा

Spread the love

काठमाडौँ । सरुवा पीडित शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् ।

पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले २०८१ मा बनेको सरुवा निर्देशिका खारेजीको माग राखेर आन्दोलनको घोषणा गरेका हुन् ।

निर्देशिका तुरुन्तै खारेज वा परिमार्जन नभए हाम्रो अन्तिम लडाइँ मंसिर महिनाको दोस्रो हप्तादेखि काठमाडौँ केन्द्रित रहेर आमरण अनसन लगायत सडक आन्दोलनको रूपमा अगाडि बढ्ने समितिका अध्यक्ष नेत्रलाल भट्टराईले बताएका छन् ।

तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यकालमा निर्देशिका जारी भएको थियो । उक्त निर्देशिकाको शिक्षकहरूले विरोध गर्दै आएका छन् ।

पीडित शिक्षकहरूले निर्देशिका खारेजीको माग राखेर अदालतसमेत गएका छन् । शिक्षामन्त्री महावीर पुनले निर्देशिका संशोधन गर्न खोजेका थिए ।

तर अदालतमा विचाराधीन रहेकाले मुद्दा फिर्ता लिन आग्रह गरेका छन् । तर पीडित शिक्षकहरू संशोधन गर्न मुद्दाले असर नगर्ने बताउँछन् ।

ज्येष्ठताको आधारमा सरुवा गर्दा नयाँ शिक्षकहरू मारमा परेको पीडित शिक्षकहरूको गुनासो छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *