सर्लाहीको हरिपूर्वामा गोली हानेर शिक्षकको हत्या

Spread the love

मलङ्गवा ,सर्लाहीको पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकामा शुक्रबार राति गोली हानेर शिक्षकको हत्या गरिएको छ । हरिपूर्वा नगरपालिका(६, का ४५ वर्षीय रामपुकार रायको अज्ञात समूहले गोली हानेर हत्या गरेका हुन् ।

आफ्नै घर अगाडि बसी रहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गरेको स्थानीयले बताएको छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले रायको टाउकोमा गोली प्रहार गरेको छ । गोली प्रहारबाट गम्भीर घाइते भएको रायको उपचारको लागि महोत्तरीतर्फ लगिएको थियो ।

अस्पताल पुर्‍याएका रायलाई चिकित्सकले मृत घोषणा हरिपूर्वा प्रहरी चौकीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *