सर्वोच्चको आदेश स् कक्षा १२ को परीक्षा अब नसार्नू

Spread the love

११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ ।

अधिवक्ताद्वय श्रवण कुमार चौधरी र र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।

‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको देखिंदा उक्त परीक्षा तोकिएको समयमा नै गर्ने, परीक्षा नसार्ने सार्न नलगाउने’ आदेशमा भनिएको छ ।

शिक्षकहरुको आन्दोलनका कारण ११ वैशाखदेखि तोकिएको कक्षा १२ को परीक्षा २१ वैशाखलाई सारिएको छ । अदालतले अब फेरि परीक्षा नसार्न आदेश दिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *