तुलसीपुर, २७ जेठ । तुलसीपुरको बसपार्कमा सार्वजनिक तथा लामो दुरीका सवारी चालकहरुको निशुल्क स्वास्थ्य जेकजाँज गरिएको छ । नसर्ने रोग सुगर, प्रेसरसँगै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श पनि दिइएको हो । जसमा उच्च रक्तचापका ७ जना, २ जना नियमित औषधी सेवन गरिरहेका र ४ जना नयाँ गरी ६ जना सुगरका , ३९ जनामा तोल धेरै भएको, अत्यधिक तौल भएका ४ जना, युरिनमा प्रोटिनको मात्रा धेरै देखिनेमा २९ जना भेटिएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका रजनी रावतले जानकारी दिनुभयो । उहाँका अनुसार २९ जना मध्येमा ३ जनामा मात्रै जटिल समस्या देखिएको थियो । अन्यको गर्मी धेरै भएकाले पसिनाबाट पानीको मात्रा जाने भएर शरीरमा पानीको कमी भएकाले यस्तो रिपोट आएको डाक्टरले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथाजिल्ला खोप समन्वय समिति दाङका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शमाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि शर्माले यस्तो स्क्रिनिङ कार्यक्रम सवारी चालकहरुका लागि समयसमयमा आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिने र केही समस्या देखिए समयमै सजक हुन सहयोग पुग्ने बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ५२ जना सवारी चालकहरुको स्वाथ्य जाँच गरिएको छ । आफ्नै काममा व्यस्त रहने चालकहरुले आफ्नै कार्यस्थलमा निशुल्क रुपमा स्वास्थ्य जाँच गराउन पाउँदा खुशी भएको प्रतिक्रिया दिएका छन् ।