सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृत्यु

Spread the love

२२ असार, विराटनगर । सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो ।

इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए ।

उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *