स्वस्तिक लघुवित्तको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

Spread the love

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबार देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रूपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १ हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि, ११ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रूपैयाँ बराबरको २३ हजार १०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

सो आइपिओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ।

यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा पाँच हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कमपनीलाई एक्रा नेपालले ुइक्रा एनपी इस्युअर रेटिङ बी एटदरेटु प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *