हङकङमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ४४ पुग्यो

Spread the love

काठमाडौँ । हङकङको ताई पो जिल्लाका विभिन्न अग्ला अपार्टमेन्टहरूमा भएको भीषण आगलागीमा ४४ जनाको मृत्यु भएको छ । उक्त घटनामा ४५ गम्भीर घाइते भएका छन् । २७९ जना व्यक्ति अझै सम्पर्कविहीन रहेका अन्तराष्ट्रिय सञ्चार मध्यमाहरूले जनाएको छ ।

वांग फुक कोर्ट भन्ने स्थानका आठ वटा भवनमा आगलागी भएको बीबीसीले जनाएको छ । उक्त आगो नियन्त्रणमा लिन ८०० भन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।

बिहानसम्म पनि केही भवनहरूबाट धुवाँ आइरहेको छ । चार वटामा आगो नियन्त्रणमा रहेको बताइएको छ । आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *