हिल्टन होटल सखाप पार्नेको दाउ

Spread the love

तारे होटल निर्माण गर्दा अन्तर्राष्ट्रियस्तरको सुरक्षा मापदण्ड अपनाइने भए पनि जेनजी आन्दोलनका क्रममा त्यस्ता सुरक्षा व्यवस्थालाई चुनौती दिएको पाइएको छ । हिल्टन होटल र हायात रिजेन्सीमा आगजनी र तोडफोड गर्नेले अपनाइएका टेक्निकको प्रारम्भिक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

स्रोतका अनुसार आगजनी गर्नेहरूले पहिला बिजुली र सिसिटिभीको लाइन काट्ने, फुटाउने त्यसपछि अग्निसमन बाकस फायरबक्सलगायत आगो निभाउने यन्त्र र पानीको पाइपलाइनहरूमा क्षति पुर्‍याउने काम गरेका थिए । व्यक्तिगत चिनारी र गतिविधि कैद गर्ने सिसिटिभी क्यामेरालाई ध्वस्त बनाएपछि आगो निभाउन प्रयोग हुने उपकरण र पानीको स्रोतलाई क्षति पुर्‍याइएको छ ।

होटल मालिकले पनि तेब्बर इन्स्योरेन्स खान आगो लागेपछि स्वत पानीको फोहोरा छुट्नुपर्नेमा त्यस्तो अवस्था नदेखिँदा बदनियत राखेको पाइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *