२२ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन आग्रह

Spread the love

काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैर हाजिर रहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार सूचना जारी गर्दै गैर हाजिरी रहेका २२ जना प्रहरीहरूलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय ९ख० १ बमोजिम सेवाबाट हटाउने कार्यालयले जनाएको छ।

लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *