८४ मा हुने निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन पार्टी भित्र बहस र पैरवी गर्न आवस्यक छ:गेहेन्द्र गिरी

Spread the love

तुलसीपुर, साउन ६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी बलियो बनाउनका लागि भूइ मान्छे संग जोडिन जरुरी रहेको बताएका छन् ।

नेपाली काँग्रेस दाङले मंगलबार सस्थापक नेता ,नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वरप्रसाद कोइरालाको ४३औं स्मृति दिवसको अवशरमा दंगीशरण गाउँपालिका – ६ को प्रसडुवाको भानु माध्यामिक बिधालयको प्राङगणमा बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता गिरीले त्यस्तो बताएका हुन ।

‘जबसम्म काँग्रेस भुइ मान्छेसम्म जोडिन सक्दैन भुइ मान्छेको समस्या समाधानका लागि जोडिन सक्दैन तवसम्म काँग्रेस – जनताको काँग्रेस बन्न सक्दै,’ केन्द्रीय सदस्य गिरीले भने ‘ आफ्नो चरित्र, आचरण र व्यबहार हरेक काँग्रेस जनले सुधार्दै आम मान्छेका हकहितमा काम गर्न जरुरी छ ।’
नेता गिरीले पार्टीका नेता कार्यकर्ताका २००७ साल र २०१७ सालकै चरित्र,आचरण र व्यबहारको बिकास भए भुइ मान्छे संग पुग्न संभव हुने बताएका थिए ।

केन्द्रीय सदस्य गिरीले २०८४ मा हुने निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन पार्टी भित्र बहस र पैरवी गर्न आवस्यक रहेको सुझाएका थिए । अहिलेको समयलाई भरपुर सदुपयोग गर्दै पार्टी संघठन निर्माणको लागि खर्च गर्नुपर्ने उचित समय रहेको उनको कथन थियो ।

‘ पार्टीको १४औं महाधिवेशनमा कोही कतै कोही कतै लागेउँ हौंला,’ उनले भने ‘ अहिले यतिखेर त्यो समय होइन । संगठन मजबुत गराउन अहिले सवै एकै ठाउँमा आउनुको बिकल्प छैन ।’

विपी स्मृत दिवसका अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा कार्यक्रममा काँग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले बिपीको बिचार र आदर्श अनुरुप दाङ काँग्रेस अगाडि बढेको र आगामी दिनमापनि थप रचनात्मक कार्यक्रमका गर्दै जाने बताएका थिए ।

त्यस कार्यक्रमलाई लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डे, काँग्रेस दाङका पूर्व जिल्ला सभापतिहरु कीर्तिबहादुर खड्का, घनश्याम रेग्मी, बिरकेश्वरी गौतम, राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा, महाधिवेशन प्रतिनिधि शंकर गिरी, महासमिति सदस्य भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि केशव आचार्य, क्षेत्र नं। ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं। २ का सभापति भिमप्रकाश खड्का, क्षेत्र न १ का सभापति भेषराज पाण्डे लगाएतले सम्बोधन गरेका थिए ।

त्यस्तै महाधिवेशन प्रतिनिधि मधु नेपाली, नेपाल थारु संघका केन्द्रीय सदस्य गणेश चौधरी , जिल्ला समन्वय समिति दाङका सदस्य सरस्वती नेपाली, युवा नेता दुर्गा खड्का लगायतले बिपी राजीतिक, सामाजिक र साहित्यिक जीवनका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा दंगीशरणका पार्टी सभापति तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण काँग्रेस दाङका सचिव अर्जुन योगीले गरेका थिए ।

त्यसक्रममा नेताहरुले भानु माध्यामिक विधालय परिशरमा गुल्मोहर ,कन्जी गुलाव, कपुर,अम्बा ,टिमुर, अमला, दाल चिनी, खयर, टिक गरि करिब साढे दुई सय बोट विरुवा रोपेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *