दाङ, कात्तिक ११ गते। दशैं–तिहारको अवधिमा दाङका विभिन्न स्थानमा लुकिछिपी जुवा खेल्दै आएका ८८ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूबाट करिब ११ लाख ८६ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। जुवातास ऐनले स्पष्ट रूपमा निषेध गरेको जुवा गतिविधि हरेक चाडपर्वमा मौलाउने प्रवृत्ति देखिएकाले यस वर्ष विशेष अभियानमार्फत निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहीका अनुसार घोराही उपमहानगरपालिकाबाट , तुलसीपुर उपमहानगरपालिकाबाट र राप्ती गाउँपालिकाबाट गरी ८८ जना पक्राउ परेका हुन् । पक्राउ परेका विरुद्ध जुवाताससम्बन्धी मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।








