प्रदेशका मन्त्रीलाई वहिष्कार गर्ने कपिलवस्तु काँग्रेसको निर्णय

Spread the love

दाङ, ९ असार । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला समितिले आफ्नै पार्टीका प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई सार्वजनिक तथा पार्टीका कुनै पनि कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२रण्८३ को बजेटप्रति असन्तुष्टि जनाउँदै कपिलवस्तु काँग्रेसले यस्तो निर्णय सार्वजनिक गरेको हो ।

पार्टीका जिल्ला सभापति अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार १ गते प्रदेश सभामा प्रस्तुत बजेटले कपिलवस्तु जिल्लालाई अपमानजनक ढंगले उपेक्षा गरेको आरोप लगाइएको छ । कांग्रेसले बजेट वितरणमा पहुँचवालाहरूको क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

‘कपिलवस्तु हेपिएको छ’ सभापति कलामले भने, “बजेटको अधिकांश हिस्सा प्युठान, अर्घाखाँची र गुल्मीमा मात्र देखिन्छ । कपिलवस्तु जिल्लाको माग र आवश्यकता बेवास्ता गरिएको छ । के तीन वटा जिल्ला मात्रै लुम्बिनी प्रदेशमा पर्छन

उनले यसलाई संघीयताको भावना र मर्मविपरीतको ‘मन्त्री केन्द्रित’ बजेट वितरणको उदाहरण भन्दै पार्टी निर्णय बिनै मनोमानी गरिएको आरोप पनि लगाए । कांग्रेस कपिलवस्तुले यस्तो कार्यशैली जारी रहे थप कठोर निर्णयहरू लिनु पर्ने चेतावनीसमेत दिएको छ । “यदि मन्त्रीहरू सच्चिएनन् भने हाम्रो निर्णय यत्तिमा सीमित रहनेछैन,” कलामले स्पष्ट पारे । कपिलवस्तुमा पार्टीकै मन्त्रीहरूविरुद्ध यस्तो कठोर कदम उठाइनु लुम्बिनी प्रदेश सरकारभित्रको आन्तरिक असन्तुलन र क्षेत्रीय असन्तुष्टिको संकेतको रूपमा लिइएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *