प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन

Spread the love

लुम्बिनी प्रदेशको प्रहरी अस्पताल स्तरोन्नती गरिने

बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालगञ्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा स्तरोन्ततीका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाँकेको नव निर्मित अपरेशन थिएटर भवनको बिहिवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले १५ सय्याको अस्पताललाई कम्तिमा ५० शय्याको रुपमा स्तरोन्नती गर्नुपर्ने आवश्यकता देखिएकाले तत्काल प्रदेशको स्वास्थ्य मन्त्रालयमा औपचारिक प्रक्रिया सुरुवात गर्न आग्रह गर्नुभयो । उहाँले अस्पताललाई जलन वार्ड सहित आम नागरिकले सहजरुपमा सेवा पाउने गरि ब्यवस्थापन गर्न अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री आदेश अग्रवाल र स्वास्थ्य मन्त्री खेम सारुले प्रदेश सरकारले प्रहरी अस्पतालका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । लुम्बिनी प्रदेश सरकारको सात करोड ७७ लाख ७५ हजार रुपियाँ लागतमा श्री सनलाईट एमपि कन्स्ट्रक्सनले निर्माण अस्पतालको भवन निर्माण गरेको हो । नेपाल प्रहरीका प्राविधिक नायब महानिरीक्षक डा। गोपेश कुमार ठाकुरले प्रदेश सरकारले अस्पतालको स्तरोन्नतीका लागि गरेको आग्रह स्वागतयोग्य भएको भन्दै अस्पतालमा नर्सिङ कर्मचारीको अभाव रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । उहाँले प्रहरी अस्पताललाई आम नागरिकले सेवा लिन सक्ने बनाउन प्रयासरत र सकारात्मक भएको पनि बताउनुभयो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *