प्रधानमन्त्री ओली दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान

Spread the love

काठमाडौं,१९साउन प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू एलएलडिसी०को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान जाने क्रममा दुबई गएका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समयअनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। उनीहरुलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल गएराति ११स्५५ बजे फ्लाइट दुबईमार्फत दुबई पुगेको हो। यही साउन २० देखि २३ गते ९अगस्ट ५(८० तुर्कमेनिस्तानको अवाजा सहरमा हुने सम्मेलनमा उनी राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा सहभागी हुन लागेका हुन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *