गृहमन्त्रीमाथि ‘एक्सन’को प्रस्तावले रोकियो उपसभामुख हटाउने योजना

Spread the love

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्न एकमत देखिएका सत्तारूढ दल अन्ततः एकाएक पछि हटेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि पनि ‘एक्सन’मा जानुपर्ने बाध्यात्मक अवस्थामा पुगेपछि रानालाई पदमुक्त गर्ने अभियानबाट सत्ताधारी दल पछि हटेका हुन् । उपसभामुख रानामगरले पदीय आचरणअनुसार काम नगरेको भन्दै पदमुक्त गर्न एकजुट भएका सत्तारूढ दलभित्रै लेखकलाई लागेको अभियोगमा संसदीय या न्यायिक छानबिन समिति नबनाई उस्तै अभियोग लागेकी उपसभामुखलाई चलाउन नमिल्ने बहसमा उत्रिएपछि हस्ताक्षर गरेर संसद्मा दर्ता गर्न ठिक्क पारेको पदमुक्त प्रस्ताव तत्कालका लागि टरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रियासँगै लेखकमाथि उठेको प्रश्नमा पनि छानबिन समिति बनाएर अघि बढ्नुपर्ने पक्षमा देखिएपछि अन्ततः कांग्रेसकै सांसदहरू हस्ताक्षर अभियानबाट पछि हटेका हुन् । ‘लेखकमाथि उस्तै प्रकृतिको अभियोगमा चुप बसेर उपसभामुखमाथि मात्र प्रश्न उठाउन मिल्दैन भनेर एमालेका नेताहरू अघि आएपछि तत्काल पदमुक्त गर्ने प्रक्रिया रोकियो,’ कांग्रेसका एक सांसदले भने ।

उनका अनुसार कांग्रेसको संस्थापनइतर पक्षले विधिको प्रश्न उठाएको र एमालेले गृहमन्त्री लेखकमाथि पनि एक्सनमा जानुपर्ने प्रस्ताव गरेपछि दुवै दलका सांसदलाई गराइएको खाली कागजको हस्ताक्षर होल्ड भएको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले सभामुख रानामगरलाई हटाउन मंगलबार सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । खाली कागजमा कांग्रेस र एमालेका सांसदले हस्ताक्षर गर्दै आफ्ना सांसदलाई राजधानी काठमाडौं नछोड्न सूचनासमेत जारी गरेका थिए ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरूबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । तर, मंगलबार बिहानबाट एकाएक एमालेले गहृमन्त्री लेखकमाथि उठेको प्रश्नको निरूपण नहुन्जेल उपसभामुखमाथि एक्सनमा जान नहुने प्रस्ताव अघि सारेपछि भएका हस्ताक्षर संसद्मा दर्ता गरेर पदमुक्तको प्रक्रिया होल्ड भएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *