असोज १ गतदेखि देशैभर सवारी साधनमा ईम्बोस्ड नम्बर अनिवार्य

Spread the love

काठमाडौं । आगामी असोज १ गतदेखि देशैभर सवारी साधनमा अब ईम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेश मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रुपमा ईम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विषयगत समितिका निर्णयलाई कार्यान्वयन गर्नका लागि देखिएका समस्या समाधान गर्न टेक्निकल कमिट बनाइने जानकारी दिए । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गते देखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरी समेत परिचालन गरी प्रभावकारी नियमन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सवारी चालक अनुमतिपत्र छपाइको लागि गत जेष्ठ ९ गते समझदारी पत्रमा हस्ताक्षर भएको सन्दर्भमा भाद्र मसान्तभित्र यथाशीघ्र छपाइ शुरु गर्न सुरक्षण मुद्रण केन्द्रलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले १० वर्ष अवधीको सवारी चालक अनुमति पत्र वितरणका लागि राजश्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाईज गर्ने, भुक्तानी प्रकृयालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजू फस्र्यौटलाई प्रभावकारी बनाउने, राईड शेयरीङ् बारे एकरुपता कायम गरि लागु गर्ने लगायतका निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *