आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई एकताबद्ध गरौं; देउवा

Spread the love

काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकतबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिए।

पार्टी एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सकिने उनले बताए। त्यस्तै सभापति देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यलाई चिर्नुपर्ने बताए। यस्ता भाष्यलाई चिर्दै क्रियाशील हुन आवश्यक रहेको उनको भनाइ छ।

त्यस्तै कांग्रेस महामन्त्री गगनकुमार थापाले समाजमा देखिएका असन्तुष्टिहरूको समाधान गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। एकथरीले असन्तुष्टिको आगोमा मट्टितेल खन्याउने काम गरिरहेको भन्दै उनले कामबाट असन्तुष्टिको आगोलाई निभाउनुपर्ने उनले बताए।

उनले कांग्रेसमाथि लगाइएका अनावश्यक आरोपहरूका बारेमा जनतालाई बुझाउनुपर्ने र कांग्रेसभित्रका कमजोरीलाई सुधार गर्नुपर्ने उल्लेख गरे।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *