ईलाका प्रहरि कार्यालय तुलसीपुरको नागरिक सुनुवाई कार्यक्रम

Spread the love

तुलसीपुर, २२ साउन । शान्ति, सुरक्षा र आपराधिक नियन्त्रणका लागि प्रहरीलाई साथ दिने सोच राख्ने नागरिक अहिले आफैं असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरीमा विश्वास गरेर खबर गर्ने नागरिक नै अहिले ‘सूचना चुहावट’ को शिकार बन्न थालेको बताए । तुलसीपुर इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस्तो पीडा पोखेका हुन् । उनिहरुले प्रहरी जनसुरक्षाभन्दा पनि अपराधीको सुरक्षामा लागिपरेका आरोप लगाए ।

खोलाहरुमा अवैध नदिजन्य वस्तु चोरी भइरहेको खबर प्रहरीलाई गर्दा उल्टै तस्करले प्रहरीलाई किन खबर गरेको भन्दै धम्क्याउने गरेको तुलसीपुर–८ कृष्ण मन्दिर निवासी जित बहादुर खडकाले गुनासो गरे । “नागरिक बिनावर्दीको प्रहरी हो । तपाईको सहयोग बिना प्रहरी एक्लैले केहि गर्न सक्दैन ।

यो गुनासो व्यक्तिगत मात्रै होइन, संस्थागत पीडासमेत बनेको छ । कार्यक्रममै ८ का वडा अध्यक्ष धर्मराज वलीले पनि आफू धम्कीमा परेको अनुभव सुनाए । “वडामा सडक मर्मतका लागि ल्याइएका ग्राभेल बोकेका ट्याक्टर प्रहरीले समात्यो, तर खोलाबाट रातारात गिट्टी, बालुवा चोरी भइरहेको खबर प्रहरीलाई गर्दा उल्टै धम्की आउने अवस्था आयो,” वलीको भने ।

त्यसैगरी कार्यक्रममा नागरिकहरुले पछिल्लो समय लागुऔषध दूव्र्यसनीको संख्या पनि बढ्र्दै गएको बताउँदै यसतर्फ पनि प्रहरी सचेत हुन आग्रह गरेका छन् । दूव्र्यसनीका कारण घर परिवारमा विखण्डन आइरहेका बेला समाज पनि असुरीक्षत भएको उनिहरुले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीले भने आफू यस विषयमा गम्भीर भएको बताए ।

“नगरिकहरुबाट धेरै कुराहरु आएका छन् । यस्तै कुरा आउन भन्ने चाहना पनि हो । खुलेर गुनासो राख्नु भएको छ । सूचना चुहावटको कुराले आश्चर्य चकित बनाएको छ । यसतर्फ म गम्भिर छु । आगामी दिनमा यस्तो गुनासो नआउने प्रयास गर्छु ।” डिएसपी ठकुरीले भने । सोअवसरमा तुलसीपुर उपमहानरपालिका मेयर टिकराम खडकाले प्रहरीलाई सबै दोष लगाएर उम्किन नसकिने बताए । “काम हुदैनभएका होइनन् । धेरै काम भएका छन् । सबै काम एकैपटक हुँदैनन् । निराशा छर्ने काम नगरौ । आशा जगाउने काम पनि गरौं ।” मेयर खडकाले भने ।

सोअवसरमा तुलसीपुर उपमहानगरपालिका–९ का वडा अध्यक्ष घनश्याम ढकालले स्थानीय सरकारले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा महिला अधिकारकर्मी देवा डाँगी, यातायात व्यवसायी दिपक बुढाथोकी, इश्वरी पाण्डे, केशव सापकोटा लगायतले विभिन्न गुनासाहरु राखेका थिए । सो अवसरमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङ, तुलसीपुर–९ का वडाअध्यक्ष घनश्याम ढकाललगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक भरतनाथ योगीले गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *