एकमुखे रुद्राक्ष एक लाख २० हजारमा बिक्री

Spread the love

“यो वर्ष एक मुखे दुई वटा थियो, एउटा चराले खाइदियो”,उनले भने “एउटा बाँकी थियो, त्यसलाई एक लाख २० हजारमा विक्री गरेँ ।” ६ वर्ष अघि उनले घरमा रुद्राक्ष रोपेका थिए । गएको वर्ष दुई वटा बोटबाट गरि ६ किलो मात्रै रुद्राक्ष उत्पादन भएको थियो

तुलसीपुर, २३ मंसिर ।
दाङको तुलसीपुर उपमहानगर–पालिका वडा नं ७ मोतिपुर निवासी रुद्रमणी पौडेलले आफूले लगाएको रुद्राक्षको फल एक मुखे भेटिएपछि विक्री गरेका छन् । कृषिको अधिकृतबाट अवकास जीवन विताईरहेका पौडेलले घरमा दुई वटा रुद्राक्षको बोट रोप्नु भएको छ । जसमा एउटा रुखबाट एउटा एक मुखे रुद्राक्ष भेटिएको थियो । त्यो रुद्राक्षलाई एकलाख २० हजारमा बिक्री गरेको बताए ।

“यो वर्ष एक मुखे दुई वटा थियो, एउटा चराले खाइदियो”,उनले भने “एउटा बाँकी थियो, त्यसलाई एक लाख २० हजारमा विक्री गरेँ ।” ६ वर्ष अघि उनले घरमा रुद्राक्ष रोपेका थिए । गएको वर्ष दुई वटा बोटबाट गरि ६ किलो मात्रै रुद्राक्ष उत्पादन भएको थियो ।

तर, यस वर्ष भने उत्पादन पनि बृद्धि भएको छ । यस वर्ष ३५ केजी भन्दा बढि उत्पादन भएको छ । एकसय ८ दानाको एउटा माला बन्ने भएकाले त्यही मालाको दरले विक्री गर्ने गरिएको छ । एउटा मालाको ६ सय ५० रुपैयाँमा बिक्री हुने गरेको उनले बताए ।

रुद्राक्षबाट राम्रो आम्दानी लिन सकिने उनले बताए । एक मुखे र चौध देखि २१ मुखेसम्मका रुद्राक्ष लोपन्मुख मानिन्छन् । ति निकै महंगो जाने गर्छन । गौरीशंकर, गणेश, मुखद्वार भएका रुद्राक्ष पनि महंगोमा नै बिक्री हुने उनले बताए ।लाइभदाङ

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *