एमालेको निर्णयस् पूर्वराष्ट्रपति भण्डारीको सदस्यता कायम नरहने, राजनीतिमा फर्कन नदिने

Spread the love

विद्या भण्डारीको प्रष्टोक्तिः सक्रिय राजनीतिमा आउने निर्णयबाट ब्याक हुन्नँ


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आउने निर्णयबाट ब्याक नहुने बताएकी छन् । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब राजनीतिबाट पछि नहट्ने बताएकी हुन् । ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन छैन,’– उनले भनिन्

साथै, उनले आफू राजनीतिमा आएको विषयलाई लिएर अहिले कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको पनि उनले बताए । उनले उक्त कार्य गलत रहेको बताएकी छन् । ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन,’– उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते आफूले एमालेको सदस्यता नवीकरण गरेको उद्घोष गरेकी थिईन् । भण्डारीले सक्रिय राजनीतिमा आउनेबारे सार्वजनिक रुपमा बोलेपछि एमाले दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु भण्डारी सक्रिय राजनीतिमा आउन नहुने पक्षमा छन् ।

एमाले अध्यक्ष ओलीबाट हेपिएका, चेपिएका र बहिष्करणमा परेका नेता तथा कार्यकर्ता भने भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छन् ।

यता

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम नराख्ने निर्णय गरेको छ। पार्टीको नवौं केन्द्रीय कमिटीको बुधबार सम्पन्न बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने स्पष्ट नीति लिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पुनः राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए, जुन सर्वसम्मत रूपमा पारित भएको छ। यससँगै भण्डारीको एमालेमार्फत सक्रिय राजनीतिमा फर्कने सम्भावना तत्कालका लागि टुंगिएको छ।

बैठकपछि पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिँदै भने, “पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक र राष्ट्रिय एकताको प्रतीक हो। यस्ता व्यक्तिले कुनै राजनीतिक दलको सक्रिय सदस्य वा नेता बन्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ।”

अध्यक्ष ओलीले बैठकमा सम्बोधन गर्दै भनेका थिए, “पूर्वराष्ट्रपति राजनीतिमा आउन मिल्दैन, आउन हुँदैन।” एमालेको उक्त निर्णयले पार्टी भित्रको भण्डारीको भूमिकामाथि रहेका अड्कलबाजीलाई अन्त्य गरेको छ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *