कञ्चनपुरमा बस दुर्घटना, एक जनाको मृत्यु

Spread the love

धनगढी । कञ्चनपुरमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोरा अनुसार, शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणीमा ना ७ख ६१८२ नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा कृष्णपुर–बण्डका करिब ४२ वर्षीय बलबहादुर बोहराको घाइते अवस्थामा उद्धार गरी वाणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा जम्मा पाँच जना सवार थिए। दुर्घटना पछि फरार भएका बस चालक वेदकोट नगरपालिका–३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *