काठमाडौं । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारीका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले उनलाई आज ललितपुर महानगरपालिका–२, सानेपाबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई नक्खु कारागारमा पठाइएको छ । सहकारी ऐन र संगठित अपराध निवारण ऐनअन्तर्गतको मुद्दामा उनी नक्खु कारागारमा थिए । पुर्पक्षका लागि थुनामा राखिएका उनी भदौ २४ गतेको आन्दोलनको मौका छोपी भागेका थिए ।
उनको स्थायी घर बाँकेको खजुरा गाउँपालिका–६ हो । तर, उनी पछिल्लो समय काठमाडौं महानगरपालिका–४, सुकेधारा बस्दै आएका थिए ।








