गायक नरेश रेग्मीको तिम्रै हुँ म बोलको गीत बजारमा…

Spread the love

एनआर क्रेशनले नयाँ गीत बजारमा ल्याएको छ। गायक नरेश रेग्मीको स्वर रहेको तिम्रै हुँ म बोलको गीत हालै मात्र बजारमा आएको हो। उक्त गीतको म्यूजिक भिडियोमा गायक रेग्मी र चर्चित अभिनेत्री प्रेंका कार्की रहेका छन्। म सास बन्न पाए तिम्रो मुटु सम्म पुग्थे बोलको गीतको अपार सफलता पछि गायक रेग्मीले हरेक वर्ष नयाँ गीत बजारमा ल्याउने गरेका छन्। वामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा मौसम हिमालले निर्देशन गरेका छन्। म्युजिक भिडियोकी नायिका प्रेंका कार्कीले अहिले सम्म गरेका गीतहरुभन्दा फरक रहेको र निकै मेहनत गरेकोले गीत एकदमै राम्रो बनेको बताएकी छिन्।

सोही गीतका गायक तथा मोडेल नरेश रेग्मीले नयाँ जेनजी पुस्ताको मन मुटुमा बस्न सक्ने खालको फरक ढंगको गीत बनेको बताए। उक्त गीतले नयाँ युवा पुस्ताको प्रेम कहानी संग मेल खाने खालको भएकोले युवा पुस्ताको मन मुटुमा बस्न सफल हुने अपेक्षा गरेका छन्। सानै उमेर देखि गीत संगीतमा रुचि राख्दै आएका गायक रेग्मी दुई दशक देखि सांगीतिक यात्रामा छन्। उनले दर्जनौ गीतमा स्वर तथा म्युजिक भिडियोमा अभिनय गरीसकेका छन्।

दाङमा जन्मिएर गीत संगीतको यात्रामा लागेका रेग्मी हाल अष्ट्रेलियामा बस्दै आएका छन्। विदेशमा बस्ने गरेपनि रेग्मीले हरेक वर्ष जसो मातृभूमि समर्पित र युवा पुस्तालाई समेट्ने गरी गीत बजारमा ल्याउँदै आएका छन्।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *