गौर हत्या काण्डः घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन सर्वोच्चको परमादेश

Spread the love

सर्वोच्च अदालतले रौतहटको गौरको राईसमिलमा घटेको ‘गौर हत्या काण्ड’ मा घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सो मुद्दामा निवेदकको माग बमोजिम हुने आदेश दिएको हो ।

त्रिभुवन साहसमेतले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौरसमेतलाई प्रतिवादी बनाएर रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा चलाउन परमादेश दिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।

योसँगै जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सो मुद्दामा तानिने भएका छन् । २०६३ चैत ७ गते रौतहटको गौरको राईसमिलमा उक्त घटना घटेको थियो । गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।

उनीहरुको निर्मम हत्या भएको थियो । उक्त घट्ना हुँदा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गरेको मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए–उपेन्द्र यादव । उनकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई भाला, छुरा, लाठी र गोली प्रहार गरि निर्मम हत्या गरेको तत्कालिन माओवादीले दाबी गरेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *