२० साउनर दाङ तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उल्लेखनीय सफलता हात पारेको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विज्ञान संकायतर्फ विद्यालयका छात्र कृष्ण गिरीले ३।९६ न्एब् हासिल गर्दै नेपालभरि प्रथम हुने सफलता प्राप्त गरेका छन्।
त्यस्तै, व्यवस्थापन संकायतर्फ विद्यालयका छात्र सन्दीप वलीले ३।९० न्एब् ल्याउँदै दाङ जिल्ला प्रथम बन्न सफल भएका छन्। विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले यो जानकारी दिएका हुन्।
विद्यालयको यो सफलताको श्रेय बौद्धिक नेतृत्व, सशक्त व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक(शिक्षिकाहरूको योगदान र अनुशासित, मेहनती तथा क्षमतावान विद्यार्थीहरूको निरन्तर प्रयासलाई दिइएको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताए।
लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमै उत्कृष्ट व्यवस्थापनसहित सञ्चालनमा रहेको यो विद्यालय विगतका वर्षहरूमा पनि विभिन्न संकाय तथा तहमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।









