टरिगाउँ विमानस्थल अब “विकासको सम्भावना“ होइन, “राजनीतिक नाटकको केन्द्र“

Spread the love

नेताहरूका भाषणमा मात्रै बाँचिरहेको टरिगाउँ विमानस्थल

दाङको टरिगाउँ विमानस्थलको कथा अब “चुनावी मुद्दा“ भन्ने शब्दको पर्यायजस्तै भइसक्यो । निर्वाचन नजिकिँदा नेताहरूका भाषणमा यस विमानस्थलले बारम्बार स्थान पाउँछ, तर निर्वाचन सकिएपछि न टरिगाउँ विमानस्थलको सुधार देखिन्छ, न नेताहरूको प्रतिवद्धता पूरा हुन्छ । आश्वासनको पर्खाइमा थाकिसकेका दाङवासी अहिले फेरि एकपटक त्यही विगतको दोहोरिनमा छन् ।

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दहालसम्मले टरिगाउँ विमानस्थलको स्तरोन्नतिको कुरालाई प्राथमिकतामा राख्ने भन्दै भाषण गरे। संघीय सांसददेखि स्थानीय नेतासम्मले ज्ञापनपत्र बुझाए। तर जब बजेट भाषण आउँछ, तब वास्तविकता देखिन्छ — यथार्थ त्यही पुरानै “क्षमता विस्तार“ भन्ने कागजी वाक्य। न नयाँ बजेट, न स्पष्ट योजना।

दाङबासीको आशा फेरि पनि बजेट भाषणसँगै भत्किएको छ। रेडियो, टेलिभिजन र अनलाइनमार्फत चासोका साथ हेरेका स्थानीयवासीले फेरि पनि निराशाको सिकार हुनु प¥यो। यसपटक त झन सत्तासाझेदार दलका नेताहरूको प्रतिवद्धता हुँदाहुँदै पनि विमानस्थलका लागि ठोस बजेटको सुनिश्चितता हुन सकेन। आश्वासन मात्र दोहोरिने, कार्यान्वयनमा शून्यता देखिने क्रमले सरकारप्रति नागरिकको विश्वास गुमाउँदै लगेको छ।

टरिगाउँ विमानस्थल नेताहरूले चुनावी नतिजामा चुकाउनु पर्नेछ

टरिगाउँ विमानस्थल अब “विकासको सम्भावना“ होइन, “राजनीतिक नाटकको केन्द्र“ बनेको आभास दिन थालेको छ। नेताहरूका भाषणमा मात्रै बाँचिरहेको यो योजना अब जनतामा व्यङ्ग्यको विषय बन्न थालेको छ। जनताको आशालाई मतपत्रमा साट्ने अनि वर्षौंदेखि त्यही सपना देखाएर भोट बटुल्ने परिपाटी कहिले अन्त्य हुन्छ

अब प्रश्न उठ्न थालेको छ — के नेताहरूले आफैं बोलेको कुरामा विश्वास गर्दैनन् रु यदि गर्दछन् भने किन तिनको प्रतिबिम्ब बजेटमा देखिँदैन रु यदि गर्दैनन् भने किन जनतालाई झुटा आश्वासन दिन्छन्

वास्तवमा टरिगाउँ विमानस्थलको बहानामा गरिएको नाटक अब सकिनु जरुरी छ। जनताको सहनशीलता सकिँदै छ। केवल भाषण गरेर विकास हुँदैन, जनताको विश्वास जित्न अब परिणाम चाहिन्छ । टरिगाउँ विमानस्थल अब पनि उपेक्षित रहिरहने हो भने यसको मूल्य नेताहरूले चुनावी नतिजामा चुकाउनु पर्नेछ ।

के नेताहरूले आफैं बोलेको कुरामा विश्वास गर्दैनन् ? 

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *