मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षकहरूको पदावधि थप गर्न स्वीकृति दिएको छ।
धौवजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म र न्यौपानेको माघ २९ गतेसम्म रहनेछ।
उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी निर्णय गरिएको हो।
९ असार, काठमाडौं । सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ भने न्यौपानेको २०८२ माघ २९ गतेसम्म रहनेछ ।