ढुक्क भएर मतदान गर्ने अवस्था छ गृहमन्त्री अर्याल

Spread the love

गृहमन्त्री ओमप्रकाश अर्यालले जनताले ढुक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको बताएका छन्।
उनले पर्सा, बारा र रौतहट जिल्लामा निर्वाचनका लागि ठूलो सुरक्षा चुनौती नरहेको र सम्पूर्ण तयारी गरिएको जानकारी दिए।
कानुन उल्लंघन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि गृहमन्त्रीले व्यक्त गरेका छन्।

वीरगन्जमा शुक्रबार गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय सुरक्षा समितिका पदाधिकारीसहितको ‘निर्वाचन सुरक्षा वर्तमान अवस्थाः चुनौती र समाधान’ विषयक बैठकमा सहभागी भएपछि सन्चारकर्मीहरुसँगको भेटमा गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । ‘जनताले ढुक्क भएर मतदान गर्ने अवस्था छ,’ उनले भने, ‘यस पटक हामी सुरक्षासँगै राजनीतिक सुशासन पनि दिन्छौं ।’

यसअघिका निर्वाचनमा प्रशासनिक सुशासनको कुरो मात्र हुने गरेकोमा यस पटकको निर्वाचनमा निर्वाचन आयोगले राजनीतिक सुशासनको पनि जग बसाल्ने उनले बताए ।

कानुन उल्लंघन गर्ने जोकोहीलाई पनि यो अन्तरिमरनागरिक सरकारले कानुनको दायरामा ल्याउने उनले बताए । पर्सा, बारा र रौतहट जिल्लाको स्थलगत अनुगमनपछि आफूले यी जिल्लामा निर्वाचनलाई लिएर खासै ठूलो चुनौती नपाएको पनि उनले बताए ।हामीले तीनवटै जिल्लामा त्यस्तो खासै ठूलो सुरक्षा चुनौती पाएनौं,’ उनले भने, ‘जति पनि समस्या र चुनौती छन् तिनलाई जिल्ला सुरक्षा समितिले नियन्त्रण र कानुनी कारबाहीको दायरामा ल्याएको पाइयो ।’ जिल्लाहरुमा सुरक्षाको प्रत्याभूति दिने गरी सम्पूर्ण तयारी गरेको पाइएको पनि अर्यालले बताए ।
यसअघि बैठकमा गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो मनोबल र उत्प्रेरणा बढाउन निर्देशन दिँदै सरकारले निर्वाचन सम्पन्न गर्न स्रोत, साधन र जनशक्ति अभाव हुन नदिने प्रतिबद्धता जनाएका थिए । सुरक्षा प्रमुखहरुलाई कुनै दुविधा भए गृह मन्त्रालयले तुरुन्तै निकास र निर्देशन दिने पनि उनले वचनबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *